Skip to main content

Hiragana & Katakana letters

जापानिज भाषा(日本語) काना (かな) र खान्जी(漢字) मिलेर बनेको हुन्छ । खान्जी(漢字) चिनबाट आएको हुदा खान्जी शब्दहरू चाइनिजमा लेखिन्छ जुन लेख्न र बुझ्न काना भन्दा धेरै अप्ठ्यारो हुन्छ । तर जति एडभान्स लेबलमा जापानिज पढ्दै जान्छौ त्यतिनै खान्जिको प्रयोग धेरै भन्दा धेरै गरिन्छ । "काना" चाहि लेख्न सजिलो छ । काना जापानमै बनाइएको हो । "काना" हिरागाना र काताकाना मिलेर बनेको हो (काना = हिरागाना + काताकाना) । दुबै अक्षरहरूको sound उस्तै हुन्छ, लेख्ने शैली मात्र फरक हो ।

हिरागाना जापानिज व्याकरण (Grammar) र नामहरू (Nouns) मा प्रयोग गरिन्छ । काताकाना चाहिँ विदेशी नाम, शब्दहरू आदि लेख्न प्रयोग गरिन्छ । जस्तै :
नेपाल = ネパール
अमेरिका =アメリカ
कम्प्युटर = コンピューター

जापानिज वाक्यमा हिरागाना, काताकाना र खान्जी मिसाएर हुन्छ जुन तपाइले सजिलै छुट्याउन सक्नुहुन्छ । जस्तै :
नेपाल राम्रो देश हो । ➡ネパールはきれいな国です。
________________________________________

Hiragana / हिरागाना / ひらがな
हिरागानामा ४६ ओटा अक्षरहरू हुन्छन । मारु ゜र तेन् तेन् ゛ लगाएर थप स्वरहरु बनाउन सकिन्छ ।

あ आ  い इ     う उ    え ऐ     お ओ
か का  き कि  くकु     け के    こ को
さ सा  し सी   す सु    せ से    そ सो
た ता  ち चि    つ चु    て ते    と तो
な ना  に नी    ぬ नु     ね ने    の नो
は हा  ひ हि    ふ फु    へ हे     ほ हो
ま मा  み मी    む मु        め मु    も मो
ら रा  り री     る रु     れ रे    ろ रो
や या  ゆ यु     よ यो
わ वा  を वो    ん एन् / ङ

が ぎ ぐ げ ご   ➡ गा   गी   गु   गे   गो
ざ じ ず ぜ ぞ   ➡ जा   जी  जु   जे  जो
だ ぢ づ で ど   ➡ दा    दी   दु    दे   दो
ば び ぶ べ ぼ   ➡ बा    बी   बु   बे   बो
ぱ ぴ ぷ ぺ ぽ   ➡ पा    पी   पु   पे    पो

सानो (ちいさい) や ゆ よ लाइ अन्य अक्षर संग मिलाएर नयाँ स्वर अर्थात संयुक्त अक्षरहरू बनाउन सकिन्छ । संयुक्त अक्षरहरू र तिनको उच्चारण यसप्रकार छन् ।

きゃ ➡ क्या     きゅ ➡ क्यु       きょ ➡ क्यो
しゃ ➡ स्या        しゅ ➡ स्यु        しょ ➡ स्यो
ちゃ ➡ च्या        ちゅ ➡ च्यु        ちょ ➡ च्यो
にゃ ➡ न्या        にゅ ➡ न्यु         にょ ➡ न्यो
ひゃ ➡ ह्या         ひゅ ➡ ह्यु          ひょ ➡ ह्यो
みゃ ➡ म्या        みゅ ➡ म्यु         みょ ➡ म्यो
りゃ ➡ र्या         りゅ ➡ र्यु           りょ ➡ र्यो
ぎゃ ➡ ग्या        ぎゅ ➡ ग्यु         ぎょ ➡ ग्यो
じゃ ➡ ज्या       じゅ ➡ ज्यु        じょ ➡ ज्यो
びゃ ➡ ब्या        びゅ ➡ ब्यु         びょ ➡ ब्यो
ぴゃ ➡ प्या        ぴゅ ➡ प्यु          ぴょ ➡ प्यो

Katakana / खाताकाना / かたかな
हिरागाना जस्तै यसमा पनि ४६ ओटानै अक्षरहरू हुन्छन । यस्तै मारु ゜र तेन् तेन् ゛लगाएर थप स्वरहरु बनाउन सकिन्छ ।

ア आ     イ इ      ウ उ   エ ऐ    オ ओ
カ का      キ कि   ク कु  ケ के   コ को
サ सा   シ सी   ス सु   セ से   ソ सो
タ ता    チ ची   ツ चु   テ ते   ト तो
ナ ना    ニ नी   ヌ नु       ネ ने   ノ नो
ハ हा       ヒ हि   フ फु    ヘ हे   ホ हो
マ मा       ミ मी   厶 मु       メ मे   モ मो
ラ रा       リ री    ル रु    レ रे    ロ रो
ヤ या       ユ यु    ヨ यो
ワ वा       ヲ वो    ン एन् / ङ

ガ ギ グ ゲ ゴ    ➡ गा   गी   गु   गे   गो
ザ ジ ズ ゼ ゾ    ➡ जा   जी  जु   जे  जो
ダ ヂ ヅ デ ド    ➡ दा    दी   दु    दे   दो
バ ビ ブ ベ ボ    ➡ बा    बी   बु   बे   बो
パ ピ プ ペ ポ    ➡ पा    पी   पु   पे    पो

सानो(ちいさい) ヤ ユ ヨ लाइ अन्य अक्षर संग मिलाएर नयाँ स्वर अर्थात संयुक्त अक्षरहरू बनाउन सकिन्छ । संयुक्त अक्षरहरू र तिनको उच्चारण यसप्रकार छन् ।

キャ ➡ क्या    キュ ➡ क्यु       キョ ➡ क्यो
シャ ➡ स्या        シュ ➡ स्यु       ショ ➡ स्यो
チャ ➡ च्या        チュ ➡ च्यु       チョ ➡ च्यो
ニャ ➡ न्या        ニュ ➡ न्यु        ニョ ➡ न्यो
ヒャ ➡ ह्या         ヒュ ➡ ह्यु        ヒョ ➡ ह्यो
ミャ ➡ म्या        ミュ ➡ म्यु        ミョ ➡ म्यो
リャ ➡ र्या         リュ ➡ र्यु          リョ ➡ र्यो
ギャ ➡ ग्या       ギュ ➡ ग्यु         ギョ ➡ ग्यो
ジャ ➡ ज्या       ジュ ➡ ज्यु        ジョ ➡ ज्यो
ビャ ➡ ब्या        ヒュ ➡ ब्यु        ビョ ➡ ब्यो
ピャ ➡ प्या        ピュ ➡ प्यु         ピョ ➡ प्यो

Comments

Popular posts from this blog

All Japanese Verbs in Nepali

Note: dictionary form 食べる、general form(ます) form: 食べます 食べる     ताबेरु (たべる)   to eat / खानु 寝る   नेरु (ねる)              to sleep / सुत्नु 起きる     ओकिरु (おきる)    to wake up / उठ्नु 見る          मिरु (みる)             to see, to look / हेर्नु 見せる      ...